+
+

३२ वर्षपछि सँगै फिल्म खेल्दै अमिताभ बच्चन र रजनीकान्त

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते ११:५२

काठमाडौं । भारतीय फिल्मका दुई दिग्गज अभिनेता अमिताभ बच्चन र रजनीकान्त ३२ वर्षपछि एउटै फिल्ममा देखिने भएका छन् । मिडिया रिपोर्टका अनुसार अमिताभ बच्चनले रजनीकान्तको आगामी फिल्म ‘थलाइवर १७०’मा केमियो गर्न सक्छन् ।

रजनीकान्त अहिले आफ्नो फिल्म ‘जेलर’को सुटिङमा व्यस्त छन् । यी फिल्मपछि रजनीकान्त निर्देशक टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’ मा देखिनेछन् । यो फिल्म रजनीकान्तको करिअरको १७० औं फिल्म हो र अर्को वर्ष रिलिज हुनेछ । फिल्ममा अमिताभ बच्चनसँगै तमिल अभिनेता सूर्याको केमियो पनि देख्न सकिन्छ ।

विवरणअनुसार यसअघि फिल्म निर्माताले पीएस-२ अभिनेता विक्रमलाई फिल्ममा केमियो रोल अफर गरेका थिए । तर अब यो भूमिका बिग बीलाई अफर गरिएको छ । यद्यपि, यसबारे आधिकारिक पुष्टि भने आउन बाँकी छ । अमिताभ बच्चन र रजनीकान्त पछिल्लो पटक सन् १९९१ को एक्सन ड्रामा ‘हम’मा सँगै देखिएका थिए ।

रिपोर्टका अनुसार ‘थलाइवर १७०’ सत्य घटनामा आधारित फिल्म हुनेछ । फिल्मलाई लाइका प्रोडक्सनले निर्माण गर्दैछ । फिल्ममा अनिरुद्ध रविचन्द्रले संगीत दिनेछन् । फिल्ममा रजनीकान्त प्रहरी अफिसरको भूमिकामा देखिनेछन् । रजनीकान्त चाँडै नै निर्देशक नेल्सन दिलीप कुमारको फिल्म जेलरमा देखिनेछन् । यस फिल्ममा मलयालम अभिनेता मोहनलाल र ज्याकी श्राफ पनि देखिनेछन् । यो फिल्म यसै वर्ष प्रदर्शन हुने जनाइएको छ ।

यससँगै रजनीकान्त आफ्नी छोरी ऐश्वर्याको फिल्म ‘लाल सलाम’मा केमियो रोलमा देखिनेछन् । यसैबीच, अमिताभ बच्चन चाँडै फिल्म ‘प्रोजेक्ट’मा देखिनेछन् । यो फिल्मका निर्देशक नाग अश्विन हुन् । फिल्ममा दीपिका पादुकोण र प्रभास पनि देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?