+
+

अर्थतन्त्र ऋणको पासोमा परिसकेको छ : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १७:३८

२८ जेठ, काठमाडौं । नेपाल समाजवादी पार्टीले नेपाल ऋणको पासोमा पर्न थालिसकेको निश्कर्ष निकालेको छ ।

जेठ २५ र २६ गते काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले बजेटमा पुँजीगत खर्चको अंशभन्दा ऋणको साँवा ब्याजको भार बढी हुनुले मुलुक ऋणको पासोमा परिसकेको संकेत गर्ने निश्कर्ष निकालेको हो ।

पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पुँजीगत खर्चको अंश भन्दा वित्तीय व्यवस्थापन अर्थात ऋणको साँवा, ब्याजको भार बढी हुने देखिएको छ । यसले हाम्रो कमजोर अर्थतन्त्र ऋणपासो (Debt Trap) मा परिसकेको प्रष्ट संकेत गरेको छ ।

बजेटले अर्थतन्त्रको धरातलीय यथार्थता एवं संरचनागत समस्याहरुलाई नजरअन्दाज गरेको भन्दै नेपाल समाजवादी पार्टीले केही सामान्य प्रशासनिक र नीतिगत सुधारका कुरा उठाए पनि बजेट विगत कै निरन्तरतामा रहेको बताएको हो ।

बैठकले शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोगको कामलाई प्रभावकारी रूपमा अघि बढाउन र यथाशिघ्र सम्पन्न गर्न माग गरेको छ ।

द्वन्द्वकालीन मुद्दाहरुलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्ने प्रयास भएको भन्दै नेपाल समाजवादी पाटीले रेशम चौधरीलाई राष्ट्रपतिले माफी मिनाहा गरेकामा भने खुशी व्यक्त गरेको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई विफल तुल्याउन विभिन्न षड्यन्त्र भइरहेको बताउँदै नेपाल समाजवादी पार्टीले संविधान बमोजिम सबै नेपालीले सहज रुपमा नागरिकता पाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?