+
+

प्रधानमन्त्रीको पशुपति यात्रा देखाउनका लागि मात्र : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १७:४९

२८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशका प्रधानमन्त्री र मन्त्रीले अन्तरहृदयबाट हिन्दु राष्ट्रलाई नै स्वीकार गरेको भए स्वागतयोग्य रहेको पनि बताए ।

‘नेपाली सन्तानले पशुपतिनाथप्रति आस्था व्यक्त गर्नु राम्रो हो । अन्तरहृदयबाट स्वीकार भएको भए राम्रो हो । तर प्रधानमन्त्री जीवनकालमै पशुपति नजाने तर भारत गएर आएपछि भारतीयहरुले गेरुवस्त्र लगाइदिएपछि पशुपति जानुभएको भन्ने लाग्छ’ उनले भने ।

प्रधानमन्त्री प्रचण्ड शनिबार केही मन्त्रीहरुलाई लिएर पशुपतिनाथको दर्शनमा पुगेका थिए । राप्रपा अध्यक्ष लिङ्देनले कसैको चित्त बुझाउन मात्र प्रधानमन्त्री पशुपतिनाथ गएको भए दुभाृग्य हुने बताए ।

‘हामी अत्यन्त खुशी हुन्छौँ, देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दु राष्ट्रको मुद्दालाई स्वीकार गर्नुभयो । त्यो भन्दा खुशी के हुन्छ र ? तर नक्कली बनेर यो देखाउनका लागि मात्रै गरिएको हो भने कसैलाई चित्त बुझाउनका लागि भयो भने दुर्भाग्यको कुरा हो’, लिङ्देनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?