+
+

सीमान्तकृत समुदायका बालिकाहरूको अधिकार सम्बन्धी आधार पत्र सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते २०:०३

२८ जेठ, काठमाडौं । सीमान्तकृत समुदायका बालिकाहरूको अधिकार सम्बन्धी आधार पत्र सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आज भएको कार्यक्रमम आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, मुस्लिम आयोगका सदस्यद्वय महमदिन अली र मोहमद समशुल हकले संयुक्त रुपमा सार्वजनिक गरे ।

कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङले आवश्यक स्रोत साधनको अभावमा बालबालिकाको क्षेत्रमा काम गर्न नसकेको बताए ।

यस्तै मुस्लिम आयोगका सदस्य हकले सीमान्तकृत समुदायका वयस्क व्यक्तिहरु नै समस्यामा पर्ने गरेको भन्दै यस्तो समुदायका बालिकाहरु झनै जोखिमा रहेको बताए ।

मुस्लिम आयोगका अर्का सदस्य अलीले सीमान्तकृत समुदायका बालिकाको हक अधिकार सुनिश्चित गर्न आफूहरुले सक्दो गर्ने प्रतिवद्धता पनि जनाए ।

प्लान इन्टरनेशनलको सहयोगमा हामी दाजु भाइका लागि यो आधार पत्र प्रणिका कोयु र रुक्मणी महर्जनले तयार पारेका हुन् ।

कोयुले आधारपत्र तयार पार्ने क्रममा सीमान्तकृत समुदायका केहीसँग भेटघाट गरेको जानकारी दिँदै सीमान्तकृत समुदायका बालिका आफ्नो अधिकारबाट वञ्चित रहेको पाइएको बताइन् ।

दाजु भाइका महासचिव अशोक शिवाकोटीले अधिकार विहीन बालिकाहरूको अधिकार सुनिश्चित गर्नका लागि यो आधार पत्रले सरोकारवाला निकायलाई दबाव दिने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?