+
+

रणवीरको ‘एनिमल’ रिलिजअघि नै विवादमा, कोरियन फिल्मको नक्कल गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १८:१२

काठमाडौं । रणवीर कपुरको आगामी फिल्म ‘एनिमल’को प्रि-टिजर हालै सार्वजनिक भएको छ । रिलिजसँगै सामाजिक सञ्जालमा फ्यानले फिल्मले दक्षिण कोरियाली फिल्म ‘ओल्डब्वाइ’को नक्कल गरेको आरोप लगाएका छन् । फ्यानले फिल्म ’ओल्डब्वाइ’को क्लिप सेयर गरेका छन् र ‘एनिमल’को प्रि-टिजर भिडियोसँग तुलना गरेका छन् ।

टिजरमा देखाइएको एक्सन दृश्य उक्त कोरियन फिल्मबाट नक्कल गरिएको फ्यानले बताएका छन् । आइतबार रिलिज भएको प्रि-टिजर भिडियोमा रणवीरलाई एक्सन अवतारमा देखाइएको थियो । टिजरमा उनी बञ्चरोको सहाराले करिडोरमा दुश्मनसँग लडिरहेको देख्न सकिन्छ । यो हेरेपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले निर्देशक सन्दीप रेडी भंगामाथि ‘ओल्डब्वाइ’का दृश्य नक्कल गरेको आरोप लगाएका हुन् ।

टिजर हेरेपछि एक प्रयोगकर्ता लेख्छन्, ‘यस टिजरमा मौलिक केही छैन । दुर्भाग्यवश सन्दीप भंगा पनि एक प्रतिलिपि बने । अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘फिल्मको टिजर क्रोधले भरिएको छ, तर निर्देशकले कोरियन फिल्म ‘ओल्डब्वाइ’को एक्सन सिक्वेन्स नक्कल गरेका छन् । सामान्य तपाईं यो भन्दा राम्रो गर्न सक्नुहुन्छ ।’

सन् २००३ मा रिलिज भएको पार्क चान वुक निर्देशित फिल्म ‘ओल्डब्वाइ’लाई यसको सशक्त एक्सन दृश्यका लागि स्मरण गरिन्छ । फिल्ममा एक प्रसिद्ध कोरिडोर लडाइँको दृश्य थियो, जहाँ नायकले एक्लै हथौडाको साथ धेरै गुण्डालाई हराउँछ । ‘एनिमल’का निर्माताले यो एक्सन दृश्य नक्कल गरेको फ्यानले आरोप लगाएका छन् । ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेडी भंगा निर्देशित ‘एनिमल’ यस वर्षको अगस्ट ११ मा थिएटरमा रिलिज हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?