+
+

सामान्य प्रशासनमा सचिवको छड्के, कारबाहीमा परे १०३ जना कर्मचारी 

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १४:४२

२९ जेठ, काठमाडौं । कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १०३ जना कर्मचारी कारबाहीमा परेका छन् ।

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गरेका थिए । सोही क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् ।

कारबाहीमा परेका कर्मचारीहरुको सोमबारको हाजिरीमा रातो लगाइएको छ । सचिव  पुस्करले ती कर्मचारीहरुको हाजिरीमा रातो लगाएका हुन् ।

कारबाहीमा पर्नेमा सहसचिव १ जना र उपसचिव २३ जना छन् । त्यसैगरी ३६ जना शाखा अधिकृत र ४१ जना नासु तथा सहायकस्तरका कर्मचारी कारबाहीमा परेका हुन् । मन्त्रालयका अनुसार १० बजेर १५ मिनेटसम्म कार्यालय नआउने कर्मचारीको हाजिरीमा रातो लगाइएको हो ।

अतिरिक्तका उपसचिवको जिससमा सरुवा

मन्त्रालयको अतिरिक्त समूहमा रहेका १८ जना उपसचिवहरुको सरुवा भएको छ ।
अतिरिक्तमा रहेका १८ जना उपसचिवहरुमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । बाँकी सबैको विभिन्न जिल्ला समन्वय समितिमा सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?