+
+

इसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स  भुक्तानीसम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १२:३५

काठमाडौं । इसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार अब विदेशबाट इसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् देशभर रहेका नबिल बैंकको २५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिने छ।

इसेवा मनि ट्रान्सफरकले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरुको साथै नेपालका प्रायजसो सबै बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?