+
+

रावणको रोलबाट पछि हटे यश, भन्छन्- फ्यानको भावनाविरुद्ध जान सक्दिनँ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १३:०७

काठमाडौं । बलिउड निर्देशक नितेश तिवारी रामायणमा आधारित फिल्म बनाउन लागेका छन् । यसमा ‘केजीएफ’ स्टार यशलाई रावणको भूमिकामा खेलाउने उनको तयारी छ । यश पनि यो भूमिकाका लागि तयार रहेको जनाइएको थियो, तर परिस्थितिले अहिले अर्को मोड ल्याएको छ ।

फिल्ममा रामभन्दा रावणको चरित्र बढी चुनौतीपूर्ण रहेको बताएका यश अहिले यो भूमिका नगर्ने सोचमा पुगेका छन् । रावणको भूमिका गर्ने विषयमा यशले आफ्नो टिमसँग सल्लाह गरेपछि कुराले अर्कै मोड लिएको हो । यदि यशले रावणको भूमिकामा अभिनय गरेमा फ्यान रिसाउन सक्ने सल्लाह उनको टिमले दिए । यो देखेर पनि यश प्रोजेक्टबाट पछि हटेको बताइन्छ ।

एक पुरानो अन्तर्वार्तामा यशले भनेका थिए, ‘म मेरा फ्यानको भावनाको धेरै ख्याल गर्छु । तिनीहरू धेरै भावुक छन्, यदि म तिनीहरूको विरुद्धमा गएँ भने तिनीहरूले अति प्रतिक्रिया दिन सक्छन् ।’ इटाइम्स स्रोतका अनुसार रणवीर कपुरले यसमा भगवान रामको भूमिका निर्वाह गर्ने सुनेपछि आफू उत्साहित रहेको यशले सुनाएका थिए ।

उनलाई रामको भन्दा रावणको भूमिका चुनौतीपूर्ण लाग्यो । तर टिमसँग कुरा गरेपछि उनले आफ्नो मन परिवर्तन गरे । यसैबीच, यशको बारेमा कुरा गर्दै कंगनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘जसले रामको भूमिका पाउनुपर्छ उसले रावणको भूमिका पाइरहेको छ । एक युवा साउथ सुपरस्टार, जसले आफ्नो नाम कमाएको छ, जो पूर्ण पारिवारिक मान्छे हो । परम्परालाई पालन गर्ने व्यक्ति पनि । यस्तो व्यक्तिलाई रावणको भूमिका अफर गरिएको छ । जहाँ वाल्मिकीजीको भगवान रामको दर्शन अनुसार यशलाई भगवान रामको भूमिका सबैभन्दा सुहाउँछ ।’

कंगनाले रामको भूमिका निर्वाह गर्न यशको कद सबैभन्दा राम्रो भएको बताउन खोजेकी छन् । उनी लेख्छिन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा उनीमाथि कुनै आरोप छैन । लागुऔषध आदिबाट पनि टाढा रहन्छन् । यसबाहेक उनी एक उचित परिवारका मानिस पनि हुन् ।’ यी सबै कुरालाई ध्यानमा राख्दै कंगनाले रामको भूमिकाका लागि रणवीरको भन्दा यशको नामलाई बढी महत्व दिएकी छन् ।

पिंकभिल्लाको रिपोर्टअनुसार नितेश तिवारी र फिल्म निर्माता मधु मन्टेनाले सीताको भूमिकाका लागि आलियालाई पहिलो रोजाइ मानेका थिए भने रामको भूमिकाका लागि रणवीर कपुर पहिलो रोजाइमा थिए । रणवीर अहिले रामको भूमिकाका लागि लुक टेस्ट दिइरहेका छन् । फिल्मको औपचारिक घोषणा यस वर्षको दीपावलीमा हुन सक्ने बताइएको छ । यसअघि राम-सीताका लागि ऋतिक-दीपिकालाई छनोट गरिएको थियो तर केही कारणले उनीहरु फिल्ममा आउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?