+

भारतले किन जित्न छोड्यो आईसीसीका प्रतियोगिता

२०८० जेठ  ३० गते १३:५६ २०८० जेठ ३० गते १३:५६
भारतले किन जित्न छोड्यो आईसीसीका प्रतियोगिता

३० जेठ, काठमाडौं । चार वर्ष, दुई चक्र । विश्वकै दोस्रो उत्कृष्ट टोली रहनु नराम्रो होइन । तर दुई पटक विश्व टेस्ट च्याम्पियनसिपमा पराजित हुँदा भारतको छविमा धक्का लागेको छ ।

टस जितेर अष्ट्रेलियालाई पहिले ब्याटिङ गर्न दिएका कारण भारतले हारेको हुनसक्छ । यदि अष्ट्रेलियाले टस जितेको हुन्थ्यो भने उसले पनि भारतलाई नै पहिले ब्याटिङ गर्न दिन्थ्यो होला । किनभने अष्ट्रेलियासँग उत्कृष्ट फास्ट बलर थिए ।

के भारतले सुरुमै अष्ट्रेलियाका फास्ट बलरको सामना गर्न नचाहेर पहिले बलिङ रोजेको हो वा भारतले रक्षात्मक कदम चालेको हो ?

क्रिकेटमा एउटा क्लिसे छ । डब्लु जी ग्रेसदेखि बिसान सिंह बेदी हुँदै हालसम्म आउँदा यसलाई कतै न कतै निरन्तरता दिएको पाइन्छ । जब टस जितिन्छ- केहीबेर सोचेर ब्याटिङमा उत्रिने ।

सन् १९६० मा टाइगर पतौडीदेखि सन् १९८० मा क्लिभ लोयडको रणनीति भने फरक थियो । उनीहरूको नीति पहिले प्रतिद्वन्द्वीलाई आफ्ना उत्कृष्ट बलरको समाना गराउन हुन्थ्यो ।

वेस्ट इन्डिजका सबै उत्कृष्ट बलर फास्ट बलर हुँदा लोयडले उनैलाई उतार्थे । भारतले पनि स्पिनिर राम्रो भएको बेला स्पिनरलाई उतार्थ्यो । विकेट किपरले पनि भारतबाट ओपनिङ बलिङ गरेको पाइन्थ्यो ।

ओभल पिचमा बायाँ हाते मध्यम गतिका बलर जयदेव उनादकटको विविधता र रविचन्द्रन अश्विनको उत्कृष्टताले खेलमा केही फरक पार्न सक्थ्यो । टेस्ट म्याचमा ४७४ विकेट लिएका अश्विनको काम पिचमा पेय पदार्थ पुर्‍याउनेमै सीमित  रह्यो । उनलाई खेल्न पठाउँदा कम्तीमा टोलीको व्यवस्थापन राम्रो देखिन्थ्यो ।

कतिपयले भन्ने गर्छन् रोहित शर्माको कप्तानी र राहुल द्रबिडको कोचिङ संयोजन निकै सुस्त देखिन्छ । तर हेक्का राख्नुपर्ने कुरा के छ भने आक्रामक कप्तान विराट कोहली र आक्रामक कोच रवि शास्त्रीका बखत पनि नतिजा उस्तै थियो ।

सन् २०२१ मा भारतले न्युजिल्याण्डविरूद्ध टोलीको सही छनौट गर्न सकेन  र यो पटक पनि उस्तै गल्ती गर्‍यो । आधारतभूत विषयमै गल्ती गरेर भारत अष्ट्रेलियाविरूद्ध मैदानमा उत्रियो । कोहलीले मिचेल स्टार्कको इनिङस् राम्रै खेले तर स्कट बोलान्डको पालामा स्टिभ स्मिथको क्याचमा उनी पभेलियन फर्किए । भारतमा यसपटक आक्रामकताको कमी थियो ।

दोस्रो दिन बिहान स्मिथले सेन्चुरी हाने । मोहम्मद सिराजको कमजोर बलिङ नै स्मिथको शतकको कारण थियो । भारतको खराब प्रदर्शनलाई कुनै पनि बहानाले ढाकछोप गर्नेछैन । टोलीमा जस्प्रित बुम्राह, ऋषभ पन्त र केएल राहुलको अनुपस्थितिले पनि धेरै फरक पारेको छ ।

भारतीय टोलीमा हाल देखिएको समस्या भनेको असंगित हो । केही राम्रो डेलिभरी दिएर उत्कृष्ट ब्याट्सम्यान आउट हुन्छन् । केही खराब स्ट्रोकका कारण ब्याट्सम्यान आउट भएका छन् । अहिले टोलीमा कसले उत्कृष्ट अर्धशतक हान्ने भन्ने प्रतिस्पर्धा चलिरहेझैँ देखिन्छ । चेतेश्वर पुजाराले गलत खेल खेल्छन् भन्ने अपेक्षा कसले राखेको थियो र ?

आईसीसीका प्रतियोगितमा भारत १० वर्षदेखि च्याम्पियन बन्न सकेको छैन । भारतले सन् २०१३ मा मात्रै इंग्ल्याण्डलाई हराउँदै ट्रफी उचालेको थियो । खेलमा सधैँभर एउटै ढाँचा सफल मानिँदैन । तर  खराब नतिजाले भारत असफल बन्दै गएको टिप्पणी हुन थालेको छ ।

भारतले  इंग्ल्याण्ड, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिका पुगेर जित निकालेकै छ । भारत विगतको झैँ घरेलु मैदानमा शक्तिशाली र बाहिर कमजोर छैन । ३ दशकको खेल हेर्ने हो भने उनीहरूले घरेलु मैदान बाहिर नै बढी जित निकालेका छन् । यद्यपि आईसीसी प्रतियोगितामा भारतको ट्रफीमा हाल खडेरी छ ।

भारतीय क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय