+
+

सगरमाथा दिवसका अवसरमा पाकिस्तानमा कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १८:०६

३० जेठ, काठमाडौं । सगरमाथा आरोहणको ७०औं बार्षिकोत्सव र अन्तर्राष्ट्रिय सगरमाथा दिवस-२०२३ का अवसरमा पाकिस्तानस्थित नेपाली दूतावासले एक कार्यक्रम आयोजना गरेको छ ।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले २९ मई १९५३ मा भएको सगरमाथाको प्रथम सफल आरोहणले पर्वतारोहणमा नयाँ आयाम थपेको र त्यसपछि हजारौ पर्वतारोहीले सगरमाथा आरोहण गरेको बताए ।

राजदूत अधिकारीले सगरमाथा अरोहण गर्ने पाकिस्तानी पर्वतारोही  नयला कियानी,  साजिद अली सादपारालाई बधाई दिँदै उनीहरुको आगामी पर्वतारोहण र साहसी खेल एवम् पर्यटन अभियानको सफलताको कामना समेत गरे ।

कार्यक्रममा पर्वतारोहीहरु मिंग्मा जी शेर्पा, दावा शेर्पा, सरवाज खान, नयला कियानी र साजिद अलि साद्पाराले नेपालमा पर्वतारोहणको अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?