+
+

डिज्नीको फिल्म रिलिजमा व्यापक हेरफेर, ‘अवतार’को अन्तिम श्रृंखला २०३१ मा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १७:३१

काठमाडौं । हलिउड स्टुडियो डिज्नीले प्रदर्शनको तयारीमा रहेको फिल्मको क्यालेण्डरमा व्यापक हेरफेर गरेको छ । डिज्नीको यो प्रदर्शन मिति हेरफेरको प्रभाव नेपालसहितका मुलुकका फिल्म उद्योगमा समेत पर्ने निश्चित छ । भेराइटी म्यागजिनले डिज्नीको नयाँ ‘रिलिज लाइनअप’बारे उल्लेख गरेको छ ।

भेराइटीका अनुसार डिज्नीले चर्चित फिल्म समावेश गरेर प्रदर्शन मितिको नयाँ तालिका तय गरेको छ ।

हेरफेरको यो सूचीमा ‘अवतार’का आगामी श्रृंखलासहित ‘स्टार वार्स’ र ‘मोआना’ समेत छन् । यो सूचीअनुसार ‘डेडपुल ३’ २०२४ को ३ मेमा प्रदर्शन हुनेछ भने ‘स्टार वार्स’को आगामी फिल्म १८ डिसेम्बर २०२६ मा प्रदर्शन हुनेछ । विवरण अनुसार ‘अवतार’ फिल्मको प्रदर्शन मिति एक वर्ष पछि धकेलिएको छ ।

‘अवतार ३’ डिसेम्बर १९, २०२५ मा पुगेको छ । ‘अवतार ४’ डिसेम्बर २१, २०२९ मा प्रदर्शन हुनेछ । ‘अवतार ५’ डिसेम्बर १९, २०३१ मा प्रदर्शन हुनेछ । यो तालिकाअनुसार ‘अवतार’को अन्तिम श्रृंखला मूल फिल्म प्रदर्शनमा आएको २२ वर्षपछि प्रदर्शन हुनेछ । ‘अवतार’को पहिलो श्रृंखला सन् २००९ मा रिलिज भएको थियो ।

अन्य फिल्मको तालिका पनि व्यापक हेरफेर भएको छ । जसमा ‘क्याप्टेन अमेरिका : ब्रेभ न्यु वल्र्ड’ जुलाई २६, २०२४ मा प्रदर्शन हुनेछ । ‘ब्लेड’ फेब्रुअरी १४, २०२५, फेन्टास्टिक फोर मे २, २०२५, एभेन्जर्स : द काङ डाइनेस्टी मे १, २०२६ मा रिलिज तयारीमा छ । ‘एभेन्जर्स ः सेक्रेट वार्स’ मे ७, २०२७ मा पुगेको छ ।

प्रदर्शन मिति फेरबदल हुनुमा निर्माणमा ढिलाइ र फिल्म लेखकहरुको जारी हड्ताललाई कारण मानिएको छ । डिज्नीले हालै ‘ब्लेड’ र ‘थन्डरबोल्ट्स’जस्ता फिल्मको निर्माण नै रोकेको छ । जसको असर मार्वल सिनेम्याटिक युनिभर्सका सबै फिल्ममा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?