+
+

५ ठाउँमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेश स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १७:५१

३१ जेठ, काठमाडौं । सशस्त्र प्रहरीले देशका विभिन्न ५ ठाउँमा विपद् व्यवस्थापन वेश स्थापना गरेको छ ।

यस्तै अन्य २ ठाउँमा १/२ दिन भित्र नै स्थापनाको तयारी गरिएको छ ।

धादिङको आदमघाट, बाराको निजगढ र धनकुटाको मुलघाटमा रहेको सुरक्षा वेशलाई विपद् व्यवस्थापन वेशको रुपमा स्तरोन्नती गरिएको छ ।

म्याग्दीस्थित बेनीमा रहेको आश्रित गुल्म तथा डडेलधुराको अमरगढी स्थित नम्बर ५२ गुल्ममा अट्याच रहने गरी विपद् व्यवस्थापन वेश स्थापनमा गरिएको हो ।

आदमघाट र निजगढमा सशस्त्र प्रहरी नायव उपरीक्षक र बेनी, मुलघाट तथा अमरगढीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक सामानसहित विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति तैनाथ गरिएको छ ।

यसका साथै दाङको भालुवाङ र सुर्खेतको चिप्लेमा १/२ दिन भित्रै वेश स्थापनाको तयारी गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

स्थापना भइसकेका विपद् व्यवस्थापन वेशमा आवश्यक सामान र जनशक्ति तैनाथ गरिसकेको छ भने अन्य तीन ठाउँमा पठाउने प्रकृयामा छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उत्पादित जनशक्तिलाई ती ठाउँमा परिचालन गरिएको थापाले बताए ।

यसबाट तत्काल मनसुनजन्य प्रकोप तथा अन्य अवस्थामा हुने विपद्लाई समेत न्यूनिकरण गर्न र उद्धार कार्यलाइ थप प्रभावकारी बनाउन सहज हुने सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?