+
+
Shares

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन मुख्यमन्त्री शाहको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते १४:१७

२७ असार, काठमाडाै‌ं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

प्रदेश विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा बोल्दै उनले विभागीय मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूलाई विपद्को समयमा सजग र तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री शाहले सम्भावित जोखिम क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रमा समयमै सूचना प्रवाह, उद्दार तथा राहतका कार्यक्रम तयारी अवस्थामा राख्न निर्देशन दिए ।

विपद् व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, साझेदार संस्था, निजी क्षेत्र र तीनै तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको उनले उल्लेख गरे ।

आपतकालीन अवस्थामा प्रभावित क्षेत्रमा सक्रिय रूपमा परिचालन हुन मुख्यमन्त्री शाहले कमाण्ड पोस्टलाई परिचालन गर्न समेत निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?