+
+
Shares

लमजुङको एक रेष्टुरेष्टबाट १ लाखसहित सात जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १८:२६

३१ जेठ, गोरखा । लमजुङको दोर्दी गाउँपालिका–४ शेरास्थित ए वान रेष्टुरेष्टबाट सात जना जुवाडे पक्राउ परेका छन् । मंगलवार साँझ ५ बजेको समयमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

पक्राउ पर्नेमा स्थानीय लिल बहादुर गुरुङ, राम अधिकारी, निल बहादुर गुरुङ, प्रेम कुमार राना, केश राना, कुमार गुरुङ र रेष्टुरेष्ट संचालक परशुराम गुरुङ रहेका छन् ।

हारजीतको बाजी राखी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले रेष्टुरेष्टमा खानतलासी गरेको थियो। जुवा खेलिरहेको अवस्थामा भेटेपछि उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रहरी इन्चार्ज डिएसपी प्रकाश सिर्मलले बताए।

उनीहरुको साथबाट नगद एक लाख १ हजार ६ सय २५ रुपैया र तिन बुक तास बरामद गरिएको उनले जानकारी दिए । ‘मोवाइल बैंकिङ मार्फत अनलाइन रकम भुक्तानी गरेको पनि देखिएको छ, त्यसबारे पनि अनुसन्धान गर्देछौ,’ डिएसपी सिर्मलले भने।

पक्राउ परेकाहरु बिरुद्ध जुवा सम्बन्धी कसुर शिर्षकमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?