+
+

नागरिक उड्डयन प्राधिकरणलाई भवनको नक्सा पेश गर्न ३५ दिनको सूचना

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १३:५१

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगल स्थित भवनको नक्सा ३५ दिनभित्र पेश गर्न सूचित गरेको छ ।

महानगरको शहरी विकास विभागका प्रमुख सुरज शाक्यका अनुसार काठमाडौं-९ मा निर्माण भएको प्राधिकरणको भवन प्रचलित कानुन बमोजिम नक्सा पास भए, नभएको विवरण पेश गर्न निर्देशन दिएको हो ।

३ जेठमा एक सूचना निकाल्दै महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सबै घर, भवनको नक्सा अद्यावधिक गर्न, नक्साको विवरण पेश गर्न निर्देशन दिएको थियो । प्राधिकरणलाई सोही सूचना अनुसार महानगरले नक्साको विवरण माग गरेको हो ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?