+
+

धनुषाको एक कपडा पसलमा आगलागी हुँदा ८० लाखको क्षति

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १४:२६

३२ जेठ, जनकपुरधाम। धनुषाको एक कपडा पसलमा आगलागी हुँदा ८० लााख रुपैयाँ बराबरको क्षति भएको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिका-७ स्थित तारापट्टी चोकमा सञ्चालनमा रहेकामे न्यू आरजु वस्त्रालयमा बिहीबार बिहान विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

उक्त कपडा पसल नगरपालिका-६ बस्ने अकबर नदाफले स्थानीय रामबाबु साहको घरमा सञ्चालन गरेका हुन्।

आगलागीमा ८० लाख मूल्य बराबको क्षति भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

उनका अनुसार स्थानीय, प्रहरी तथा धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?