+
+

प्रतिबन्धित क्षेत्रमा टिकटक बनाउने तीन जना एयर ट्राफिक कन्ट्रोलर कारवाहीमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १९:४७

३२ जेठ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमतिविना फोटोग्राफी/भिडियोग्राफी गर्न प्रतिबन्ध लगाएको क्षेत्रमा टिकटक बनाउने तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारवाही गरेको छ ।

अर्को सूचना नभएसम्मका लागि उनीहरूलाई जिम्मेवारीबाट हटाएर स्पष्टीकरण सोधिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विभिन्न विमानस्थलमा कार्यरत उनीहरुलाई कारवाही गरेको बताए पनि उनीहरुको विवरण भने सार्वजनिक गरेको छैन ।

प्राधिकरणले प्रतिबन्धित घोषणा गरेको क्षेत्रमा अनुमति नलिई फोटोग्राफी/भिडियोग्राफी नगर्न पटक-पटक सचेत गराउँदै आएको छ । यसले उडान सुरक्षामा असर गर्ने प्राधिकरणको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?