+
+

कर्णालीमा भौतिक पूर्वाधार विकासका लागि १० अर्ब ११ करोड विनियोजन

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १५:५८

१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार क्षेत्रको विकासका लागि १० अर्ब ११ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वेदराज सिंहले शुक्रबार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोज गरिएको बताए ।

बजेटमा विपन्न समुदायको घर निर्माण कार्यक्रम, जनता आवास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

जलवायु परिवर्तनबाट हिमाली संकटग्रस्त क्षेत्र घोषणा भएका चार जिल्लामा एकिकृत वस्ती विकास आयोजनाका निर्माण गर्न पनि बजेट विनियोजन गरिएको छ ।

डोल्पा से–फोक्सुन्डो किनाराको बस्तीलाई विकास गर्न ‘रिग्म बस्ती विकास’ कार्यक्रम सञ्चालन गर्न १० करोड रुपैँया विनियोजन गरिएको अर्थमन्त्री सिंहले बताए ।

भेरी र कर्णाली करिडोर निर्माण तथा स्तरउन्नतिका लागी संघिय सरकारसंग सहकार्यगरि सड्क निर्माण गर्न १५ करोड, प्रदेशका ग्रामिण सड्क सञ्जाल निर्माणका लागी ७४ करोड ३६ लाख, मोटेरेबल पुल निर्माणका लागी ६१ करोड, निर्वाचन पूर्वाधार विशेष कार्यक्रमका लागी १ अर्व लागी १२ करोड विनियोज गरिएको छ ।

हुम्लाको मानसरोवर प्रवेशद्धार नमुना एकीकृत पूर्वाधार कार्यक्रमका लागी १८ करोड विनियोजन गरिएको छ ।

बहुवर्षीय र क्रमागत आयोजना सम्पन्न गर्ने, न्यूनतम १० हजार रोजगारी सिर्जना गर्नका लागि ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने नारासहित योजना ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?