+
+

माछापुच्छ्रे बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १७:०१

काठमाडौं । माछपुच्छ्रे बैंक लिमिटेडले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ पाएको छ । ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३–म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट गोल्ड’ पुरस्कारबाट बैंक सम्मानित भएको जनाइएको छ ।

बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल भारत र बंगलादेशले प्रदान गर्ने अवार्ड हो ।
दुई वर्षमा डिजिटल सेवालाई निरन्तर परिस्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको बैंकले जनाएको छ ।

इन्फोसिस फिनाकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ । यस वर्ष विश्वभरबाट २०० भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?