
१ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारले रोजगारी सिर्जना पनि हुने र सडक पनि बाह्रै महिना सञ्चालन गर्नेगरी समूह निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कर्णाली प्रदेश सरकारले यस्तो कार्यक्रम अघि सारेको हो ।
‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ नारा अघि सार्दै प्रदेश सरकारले यस्तो कार्यक्रम अघि सारेको हो । जसअन्तर्गत समूह निर्माण गरेर दीर्घकालीन रोजगारीलाई टेवा पुर्याउने गरी सडक मर्मतसम्भारकर्ता राखेर रोजगारी सिर्जना गर्ने घोषणा गरेको हो । यस्तो कार्यले बाह्रै महिना सडक सञ्चालनका लागि सहज हुने प्रदेश सरकारको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4