+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गण्डकी र लुम्बिनी प्रदेशले २० वर्ष नाघेका गाडी ‘स्क्राप’ गर्दा कर छुट दिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १९:३१

१ असार, काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेश सरकारले कर नतिरेका २० वर्ष नाघेका सर्वजनिक सवारी साधनको कर तिर्दा ७५ प्रतिशत छुट दिने घोषणा गरेका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै दुवै प्रदेश सरकारले यस्तो घोषणा गरेका हुन् ।

गण्डकी प्रदेशले सार्वजनिक सवारी साधनको आयु २० वर्ष नाघेको र २० वर्ष पछिको कर नतिरको भए त्यस्तो सवारी सवारी साधनमा लाग्ने करमा७५ प्रतिशत छुट दिने घोषणा गरेको हो । गण्डकी प्रदेशको आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले बजेट प्रस्तुत गर्दै २० वर्ष म्याद नाघेर कर नतिरको सवारी साधनले कर तिरेर ‘स्क्राप’ गर्दा उक्त कर छुट दिने बताए ।

‘सवारी साधनको आयु २० वर्ष नाघी लगत कट्टा नभएका सार्वजनिक सवारी साधनका धनीले लगत कट्टा गर्न निवेदन पेश गरेमा ती सवारी साधनको २० वर्ष पछिको सवारी साधन करमा ७५ प्रतिशत छुटको व्यवस्था मिलाएको छु,’ मन्त्री आलेले भने ।

यस्तै लुम्बिनी प्रदेश सरकारले पनि २० वर्ष अवधि पुरा भएको तर लगत कट्ट नभएको सार्वजनिक सवारीसाधनको हकमा लगत कट्ट गरी कवाडी वा अन्य वस्तुको रुपमा विस्थापित गर्न चाहे कर छुट दिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?