+
+

मधेश प्रदेश सरकारले ल्यायो ४४ अर्बको बजेट (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १९:५६

१ असार, धनुषा । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोडको बजेट ल्याएको छ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा अर्थ मन्त्री संजयकुमार यादवलेले अगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्।

जसमा चालू तर्फ १८ अर्ब २१ करोड, ७६ लाख १४ हजार अर्थात् ४१.३० प्रतिश र पुजिगत तर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात् ५८.२५ प्रतिशत छ ।

वितीय व्यवस्था तर्फ २० करोड अर्थात् ०.४५ प्रतिश छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतको राजश्वबाट ४ अर्व ३७ करोड ८१ लाख २ हजार, नेपाल सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त ११ अर्व ३८ करोड १९ लाख र समानीकरण वापत प्राप्त अनुदान ७ अर्व ४१ करोड ५० लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात १२ अर्व ९० करोड ११ लाख, विशेष अनुदान ४९ करोड, समपुरक अनुदान ९८ करोड, संघीय सरकारबाट सशर्त योजनाका लागि प्राप्त अनुदान ४ अर्व ५६ करोड ८५ लाख गरी जम्मा ४४ अर्व ११ करोड ४६ लाख ३२ हजार व्यहोर्दा २ अर्व न्यून हुने देखिन्छ। सो न्यून पूर्ती गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिनेछ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक बर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।

बजेटमा कृषि, शिक्षा,स्वास्थ्य, भौतिक पर्वाधार, सडक, सिंचाई, धार्मिक मठमन्दिरको सौन्दर्यकरण, पर्टन प्रवर्द्धन लगायत समेटिएको छ। एक पालिका एक उत्पादन क्षेत्र, मुख्यमन्त्री कृषि उत्थान कार्यक्रम, कृषि सडक निर्माण, जहाँबाटो त्यहाँ रुख, त्यसले ल्याउँछ परम सुख, सडकको दुबै छेउ वृक्षारोपन कार्यक्रम, चुरेमा जलासय निर्माण, वृक्षारोपन लगायत कार्यक्रम नयाँ रहेको छ।

जनता आवास, मुख्यमन्त्री, स्वच्छता अभियान, मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान लगायत कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

जेष्ठ नागरिकलाई अस्पतालमा नि:शुल्क पूर्जा, आँखा दाँत कानको नि: शुल्क उपचारको व्यस्था गर्ने बजेट बक्तव्यमा छ ।

सबै पालिका देखि राजधानी जोड्ने बाटो निर्माण र स्तरोन्नति, प्रादेशिक अस्पतालहरुको स्तरोन्नति, सीपमूलक तालिम प्रदान गरी स्वरोजगारको वातावरण सृजना, एक परिवार एक रोजगार कार्यक्रम लगायत कार्यक्रम बजेटमा समेटिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?