+
+

मधेश प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन, ३ जना महिला

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते ११:२३

३ असार, जनकपुरधाम । मधेश प्रदेश सभामा विभिन्न सातमध्ये पाँचवटा संसदीय समितिको सभापति चयन भएको छ ।

प्रदेश सभामा एक बढी संसाद रहेका ७ दलले एक/एकवटा संसदीय समिति लिने सहमति भएपछि सभापति चयन गरिएको हो ।

जसमध्ये प्रदेश सभा मामिला र कृषि तथा भूमि व्यवस्था समिति बाहेकमा सभापति चयन गरिएको छ ।

सहमतिको माध्यमबाट शनिबार साँझ पाँचवटा समितिका सभापति चयन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा चयन भएकी छन् । त्यस्तै विकास समिति सभापतिमा जसपाका शारदा शंकरप्रसाद कलवार, महिला बालबालिका तथा सामजिक न्याय समितिमा लोसपाकी रुपा कुमारी यादव, अर्थ तथा योजना समितिमा सतिशकुमार सिंह र प्राकृतिक स्रोत तथा वातावरण समितिमा माओवादी केन्द्रकी शारदा पहाडी सभापतिमा चयन भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार प्रदेश सभा मामिला र कृषि बाँकी छ । जसमा कांग्रेस र एकीकृत समाजवादीमा पार्टीभित्र कसलाई बनाउने टुंगो नलाग्दा दुईवटा समितिमा सभापति यचन गर्न बाँकी छ । केही दिनभित्रै दुवै समितिले सभापति पाउने सचिव यादवले बताए ।

यसअघिल्लो कार्यकालमा एकवटा संसदीय समितिमा पनि महिला सहभागिता थिएनन् । यसपटक पाँचवटा समितिले सभापति पाउँदा तीनवटामा भने महिलाले नेतृत्व पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?