+
+

जापानको डिभोर्स मन्दिर, जहाँ डिभोर्स गर्नका लागि महिलाहरु जान्छन्

एजेन्सी एजेन्सी
२०८० असार ३ गते १३:३२

तपाईंले मनको इच्छा पूरा गर्नका लागि वरदान माग्न जाने खालका धर्मस्थल तथा मन्दिरहरुको बारेमा त सुन्नुभएकै होला । त्यहाँ प्रेमजोडी तथा पति पत्नीहरु गएर जन्मजन्मान्तर सम्म सँगै बाँच्ने कसम खान्छन् र बरदान माग्दछन् । तर के तपाईंले यस्तो मन्दिरका बारेमा सुन्नुभएको छ जहाँ मानिसहरु जोडी बाँध्न वा मिलनका लागि होइन छुटि्टन वा डिभोर्सका लागि जाने गर्दछन् ?

हो, जापानमा एउटा यस्तै अनौठो मन्दिर छ । ६ सय वर्ष पुरानो उक्त मन्दिरको नाम मात्सुगाओका टोकिजी मन्दिर हो, जुन त्यहाँको सांस्कृतिक तथा ऐतिहासिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । सो मन्दिरलाई जापानमा सशक्तीकरण र नवीकरणको सन्देश बाहकको रुपमा पनि लिने गरिन्छ । यो मन्दिरलाई डिभोर्स टेम्पल अर्थात् सम्बन्ध विच्छेद मन्दिरको नामले पनि चिनिन्छ ।

कसरी रह्यो नाम ?

वास्तवमा सन् १२८५ मा एकजना बौद्धभिक्षु काकुसान शिदो नीले स्थापना गरेको उक्त मन्दिर एक बौद्ध मन्दिर हो । सुरुवातमा महिलाहरुको लागि आध्यात्मिक मार्गदर्शन र सहयोगका लागि एक स्थलको रुपमा सो मन्दिर बनाइएको थियो । त्यसबेला महिलाहरुको अवस्था नाजुक थियो र महिलासँग आधारभूत अधिकार पनि थिएनन् । त्यसका अलावा महिलामाथि विभिन्न खाले सामाजिक प्रतिबन्ध पनि लगाइएको थियो । त्यस्तोमा महिलाहरु आफ्नो विवाहमा खुसी हुन सक्दैनथे वा घरेलु हिंसाको सिकार हुन्थे । त्यस्ता महिलाहरु उक्त मन्दिरमा गएर शरण लिने गर्दथे ।

त्यसबेला विभिन्न समुदायमा वैवाहिक सम्बन्ध विच्छेद हुनुलाई निकै गम्भीर विषय हुन्थ्यो खासगरी महिलाका लागि । पछि टोकिजी मन्दिरले वैवाहिक सम्बन्धमा प्रताडित भएका वा आफ्नो पतिसँग छुटि्टएर त्यहाँ गएर बस्न थालेका महिलाहरुलाई आधिकारिक रुपमा डिभोर्सको प्रमाणपत्र दिन सुरु गर्‍यो । त्यसलाई सुफुकु जी भनिन्छ । सो प्रमाणपत्र पाएसँगै महिलाहरु वैवाहिक बन्धबाट मुक्त हुन्छन् र कानूनी स्वतन्त्रता प्राप्त गर्दछन् ।

कलाकृतिले भरिपूर्ण यो मन्दिरमा एउटा संग्राहलय पनि छ जसमा मन्दिरको इतिहाससँग सम्बन्धित विभिन्न कलाकृतिहरु, दस्तावेजका साथै ऐतिहासिक खाताहरु पनि प्रदर्शनमा राखिएको छ । यसबाट मानिसहरुले मन्दिरको महत्व तथा सामन्ती यूगमा महिलाहरुलाई ससक्त बनाउनका लागि मन्दिरले खेलेको भूमिकाको बारेमा बुझ्न सक्दछन् ।

आफ्नो ऐतिहासिक तथा सांस्कृतिक महत्वका अलावा यसले एउटा सक्रिय बौद्ध मन्दिरको रुपमा पनि आफ्नो भूमिका निर्वाह गरिरहेको छ । यहाँ धार्मिक समारोह, योगा कक्षा तथा रिट्रिटको पनि आयोजना हुने गर्दछ । मन्दिरका भिक्षु भिक्षुणीहरुले शान्ति तथा ज्ञान र सान्त्वना प्राप्त गर्न चाहने आगन्तुहरुलाई आध्यामिक मार्गदर्शन प्रदान गर्ने गर्दछन् ।

हरियाली तथा चेरीका रुखहरुको बीचमा रहेको यो मन्दिर निकै शान्त स्थानमा अवस्थित छ । वास्तुकलाको अनुपम नमूनाको रुपमा रहेको यो मन्दिरमा काठका विभिन्न कलात्मक चिजहरु पनि छन् ।

मुख्यद्धारतर्फ जाने ढुंगा ओछ्याइएको बाटोले मानिसहरुलाई स्वागत गर्दछ जसलाई सनमोन गेटको रुपमा चिनिन्छ । त्यो द्धार एक विशाल हलमा खुल्दछ, जहाँ धार्मिक समारोह तथा योग हुने गर्दछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?