+
+

हेवा खोलामा बेलीब्रिज राखिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १५:०६
Photo Credit : RSS

३ असार, काठमाडौं । मेची राजमार्गको हेवा खोलामा बेलीब्रिज राखिने भएको छ । गएरातिको बाढीले पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि बेलीब्रिज राख्न लागिएको हो ।

हेवा खोलाको पक्की पुल बाढीले बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । यातायातका साधन सन्चालन गर्न सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलीब्रिज पठाउन लागिएको हो । विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आजै बेलीबिज्र पठाउने तयारी भैरहेको जानकारी दिए ।

यसअघि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल यातायातका साधन सन्चालनको पहल गर्न निर्देशन दिएका थिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्दारका लागि सम्बन्धित निकायहरूको जिम्मेवारी तथा उपकरणहरूको विवरण तय भैसकेको र सोही कार्ययोजनाअनुसार बेलीब्रिज पठाउन लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?