
३ असार, काठमाडौं । नेपाल सरकारले ट्रेजरी बिल मार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने भएको छ । ४ असार सोमबार ९१ दिन र १८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ७ अर्ब आन्तरिक ऋण परिचालन हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ४ अर्ब र १८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ३ अर्ब आन्तरिक ऋण परिचालन हुने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सोमबार नै सरकारले २३ अर्ब ८६ करोड बराबरको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल गर्दा कुल ३० अर्ब ८६ करोडको ट्रेजरी बिल बोलकबोल हुने भएको हो ।
सोमबार २८ दिन अवधिको कुल १० अर्बको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै ९१ दिन अवधिको ५ अर्ब ५३ करोडको ट्रेजरी बिल र १८२ दिन अवधिको ३ अर्ब ३३ करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुनेछ । त्यस्तै ३६४ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल पनि नवीकरणका लागि बोलकबोल गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
प्रतिक्रिया 4