+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
43/2 (8.1)
Shares

इसेवा मनि ट्रान्स्फर र सिंगापुरको लुलु मनीबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १४:१७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ। स्थापना भएको तीन बर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठूलो फड्को मारेको ईसेवा मनि ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिंदै अघि बढेको छ।

सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनीको तर्फबाट लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरे ।

इसेवा मनि ट्रान्स्फर र लुलु मनी बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले लुलु मनीको शाखामा गएर वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्ने छन् ।

इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले सम्झौतासँगै लुलु मनीबाट अनलाइन सेवा मार्फत पनि नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले विदेशमा रहेका नेपालीलाई आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता प्रदान भएको बताए ।

लुलु मनी सिंगापुरकी कार्यकारी निर्देशक प्याट्रिसिया चुआले ईसेवा मनि ट्रान्स्फरसँग साझेदारी गर्न र एफवान सफ्ट ग्रूपको फिनटेक इकोसिस्टम मार्फत नेपालमा रेमिट्यान्स सेवाहरू सुचारु गर्न पाउँदा खुसी लागेको बताइन् ।

लुलु मनीबाट पठाएको रेमिट्यान्स इसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । पठाएको नगद सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रूपैयाँ बोनस समेत प्राप्त गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?