+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अखण्ड भारत नक्साको वास्तविकता बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते ११:५०
परराष्ट्रमन्त्री एनपी साउद । फाइल फोटो

५ असार, काठमाडौं । सरकारले भारतको संसद भवनमा राखिएको अखण्ड भारतको नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ ।

भारतको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को नक्सा राखेपछि नेपालमा विवाद भएको छ । मंगलबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पनि सांसदहरुले परराष्ट्रमन्त्री एनपी साउदलाई यसबारे किन नबोलेको भनेर प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री साउदले यो म्युरलको क्याप्सनमा सम्राट अशोकको समयमा उनको साम्राज्यको फैलावट जनाइएको भनेर लेखिएको र यो राजनीतिक विषय नरहेको भनेर आधिकारिक रुपमा भारतीय विदेशमन्त्री स्वयंले बताएको जानकारी दिए ।

उनले अघि भने, ‘हामीले यस विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउनु हुन नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको यो समितिलाई स्पष्ट गर्न चाहन्छु ।’

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा मन्त्री साउदले यो नक्साबारे आफूलाई थाहा नभएको भनेर प्रतिक्रिया दिएको विषयमा पनि विवाद भएको थियो ।

यस्तो नक्सा कुन–कुन ठाउँमा राखेको हो ? किन राखेको हो ? भनेर भारतले नबोलेको र दिल्लीस्थित नेपाली दूतावासले पनि अध्ययन नगरिसकेको अवस्थामा पूर्ण जानकारी नभई प्रतिक्रिया दिनु परिपक्क हुने परराष्ट्रमन्त्री साउदले बताए । उनले अघि भने, ‘दुई देशको संवेदनशील सम्बन्ध, त्यसमा पनि एउटा देशको प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्रीले भ्रमण र दुई देशको सम्बन्धमा पूर्ण जानकारी नलिई प्रतिक्रिया दिनु परिपक्क हुन्न भनेको मात्र हुँ ।’

नेपालको नक्साबारे सबै प्रष्ट रहेको र सर्वसम्मत रुपमा संविधान नै संशोधन गरेर अनुसूचीमा समावेश गरिसकेको भन्दै उनले आफ्नै नक्सा विवादास्पद बनाइराख्न र नक्साबारे धारणा के हो भनेर सोधिराख्नु नपर्ने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?