+
+

समाजवादी मोर्चा बुढाहरुको क्लब हो : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १९:०४

५ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चा बुढाहरुको क्लब भएको टिप्पणी गरेका छन् ।

मंगलबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चामा रहेका दलहरुबीच पछि झगडा पर्ने र अलग हुने दाबी गरे ।

‘यो प्रौढहरुको क्लब हो । यसमा इतिहासको बखान हुन्छ, मेरो पालामा यो, मेरो पालामा यो …। यो बुढाहरुको क्लब हो । भविष्यको सपना केही पनि छैन’ भट्टराईले भने, ‘समाजवादी मोर्चा बनाएर दलहरु अस्तित्वको संकटमा छन् । मोर्चा पछि आफैँ झगडा गर्दछन्, छुट्टिन्छन् ।’

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर सोमबार समाजवादी मोर्चा घोषणा गरेका छन् ।

एमाले नेता भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरुबीच समाजवादकै विषयमा समान धारणा नरहेको बताए ।

‘समाजवादमा पुग्ने बाटोमा एकरुपता छ त ? उपेन्द्र यादवजीले समाजवादमा पुग्ने बाटो र नेत्रबिक्रम चन्दको समाजवादमा पुग्ने बाटो एउटै छ ? तरिका एउटै हो ? संविधानप्रति उहाँहरुको समान दृष्टिकोण छ ? संविधान च्यात्नेहरु पनि त्यहीँ हुनुहुन्छ । कस्तो मोर्चा हुन्छ त्यो ?’ भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?