+
+

एप्पलपछि गुगलले पनि भारतमा फोन उत्पादन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १०:४७

काठमाडौं । विश्वका दिग्गज प्रविधि कम्पनीहरुले भारतलाई नयाँ उत्पादन केन्द्र बनाउन थालेका छन् ।

चीनमा पछिल्लो समय महामारीजन्य कडा नियन्त्रणका कारण उत्पादन नै प्रभावित भएपछि विश्वस्तरीय कम्पनीहरुले चीन बाहिर आफ्ना फोनहरुको नयाँ उत्पादन कारखानास्थलको खोजी गरिरहेका हुन् र यसमा भारत रोजाइमा परिरहेको छ ।

गुगलको मातृ कम्पनी अल्फाबेट इंकले पनि भारतमै पिक्सेल स्मार्टफोनको उत्पादन गर्न चाहेको छ । कम्पनीले यसका लागि घरेलु आपूर्तिकर्ताहरुको खोजी गरिरहेको छ ।

गुगलले भारतमा स्मार्टफोन उत्पादनका लागि लाभा इन्टरनेसनल लिमिटेड, डिक्सन टेक्नोलोजिज इण्डिया तथा फक्सकन टेक्नोलोजी ग्रुपको भारतीय शाखा भारत एफआइएचसँग कुराकानी सुरु गरेको छ ।

गुगलले कुराकानी सुरु गरेका सम्भावित साझेदारहरु मध्ये कतिपय यस्ता कम्पनीहरु पनि छन् जसले उत्पादनमा आधारित प्रोत्साहन योजना अन्तरगत प्रोत्साहन प्राप्त गरिरहेका छन् ।

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी एप्पलले भारतमा आफ्नो उत्पादन बढाउनका लागि यही योजनाबाट लाभ लिइरहेको छ । कम्पनीले सन् २०२२।२३ मा भारतमा आइफोनको उत्पादन बढाएर ७ अर्ब डलरभन्दा माथि पुर्याएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?