+
+
Shares

‘गोर्खा वारियर्स’को लण्डन प्रिमियरमा हर्क साम्पाङ सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १३:०२

काठमाडौं । आगामी भदौ २४ गते लण्डनमा आयोजना हुन लागेको फिल्म ‘गोर्खा वारियर्स’को प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सहभागी हुने भएका छन् । बुधबार साम्पाङलाई प्रिमियरमा निम्तो दिन निर्माता तथा निर्देशक चाम्स धरान पुगेका थिए ।

‘उहाँले आफू फिल्म प्रिमियरमा सहभागी हुने र आफूलाई काममा साथ दिने बेलायतवासी नेपालीलाई भेटेर धन्यवाद दिन चाहेको बताउनुभयो,’ निर्देशक चाम्सले भने, ‘नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण गर्ने कार्यमा आफ्नो साथ हुने उहाँले बताउनुभयो ।’ साम्पाङले निम्तोपत्र बुझ्दै फिल्ममार्फत गोर्खालीको गौरवगाथा अन्तर्राष्ट्रिय रुपमै फैलाउनु जरुरी रहेको बताएका थिए ।

उक्त फिल्मलाई बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा रेडकार्पेट प्रिमियर गर्ने तयारी छ । साथै सेप्टेम्बर महिनालाई ‘प्रिमियर मन्थ’को रुपमा मनाउने निर्माताको योजना छ । लण्डनको लिसेस्ट स्क्वायरस्थित उक्त हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको छ ।

विजय लामासहित फिल्मका कलाकारहरु पनि लण्डन पुग्नेछन् । उक्त आइम्याक्स सिनेवर्ल्ड हलमा जेम्स बण्ड, मिसन इम्पोसिबलजस्ता चर्चित फिल्मको लण्डन प्रिमियर भइसकेको छ । ‘नेपाली फिल्मलाई त्यहाँ प्रिमियर गर्नु मेरो २० वर्षअघिको सपना हो । त्यो सपना पूरा गर्ने अवस्थामा आज आइपुगेको छु,’ चाम्सले भने, ‘मेयर साम्पाङको उपस्थितिले समारोहलाई अझै भव्य तुल्याउनेछ,’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?