+
+
Shares

डा. राज पाण्डेसहित ४ जना थारू रत्न र ७ जना थारू गौरवबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १४:०१

६ असार, काठमाडौं। थारू आयोगले थारू समुदायका लागि योगदान गर्ने ४ जनालाई थारू रत्न पुरस्कारबाट सम्मान गरेको छ । बुधबार थारू आयोगले  विशेष समारोहको आयोजना गरी तक्मासहितको सम्मान गरेको आयोगका अध्‍यक्ष विष्णु चौधरीले बताए ।

थारू रत्न पुरस्कार पाउनेमा स्वास्थ्य विधाअन्तर्गत भेरी अस्पतालका डा. राजन पाण्डे, थारू संस्कृतिविद् एवं अनुसन्धानकर्ता महेश चौधरी, सामाजिक अभियन्ता एवं अनुसन्धानकर्ता भुलाई चौधरी र महिला सशक्तीकरणअन्तर्गत सुनसरीमा रहेको फर्वाड माइक्रो फाइनान्स वित्तीय संस्था रहेका छन्।

डा. पाण्डे भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख हुन्। उनी थारू समुदायलाई मात्रै लाग्ने सिकलसेल एनिमियाको एकस्पर्टसमेत हुन्।

उनी हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन-प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका थिए।

त्यस्तै महेश चौधरीले थारू समुदायका अध्‍येता, कृषि विद् तथा अनुसन्धानमूलक किताबहरू प्रकाशन गरेका छन्। उनको नेपालको तराई तथा यसका भूमिपुत्रहरू, स्थविरहरुको प्राचीन इतिहास, हिडन ट्रेजर अप लो ल्याण्ड नेपाल(भाग-१र२) तथा र संस्कृतिलगायत पुस्तक प्रकाशित छ।

उनी २०२८ सालमा प्रकाशित थारु भाषाको पहिलो पत्रिका ‘गोचाली’का सम्पादकसमेत रहिसकेका छन्। हालै महेश चौधरीको निधन भएकाले उनको पुरस्कार पछि घरमै गएर पुरस्कार दिने आयोगका अध्‍यक्ष विष्णु चौधरीले जानकारी दिए ।

त्यस्तै समाजिक अभियन्ता एवं अनुसन्धानकर्ता  भुलाई चौधरी थारू सांस्कृतिक विद्,  थारू कल्याणकारिणीसभाका पुर्व महामन्त्री, थारू भसा साहित्य केन्द्र नेपालका अध्‍यक्ष हुन्। उनको ‘थारू संस्कृति’, हमर थारू भाषा यात्रा, थारू लोक संस्कृतिलगायतका पुस्तक प्रकाशित छन् । उनले थारू भाषा, जीवनको आशा नारा दिएर थारू भाषा, साहित्य र कलालाई समिश्रण गर्दै थारू समुदायमा भाषिक जागरण अभियान चलाउँदै आएका छन् ।

यस्तै भगवती चौधरी संस्थापक रहेको फर्वाड माइक्रो फाइनान्सले महिलाको उत्थान र आत्मनिर्भर बनाउनका निम्ति योगदान गरेको छ। सुनसरीमा रहेको  फर्वाड माइक्रो फाइनान्सले २ सयभन्दा बढी महिलाहरूलाई रोजगारी दिएको छ ।

त्यस्तै थारू गौरव पुरस्कारअन्तर्गत ७ जना सम्मानित भएका छन्। जसअन्तर्गत खेल विधामा जयारानी थारू, साहित्य विधामा बमबहादुर चौधरी, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, पत्रकारिता विधामा डा. कृष्णराज सर्वहारी, पूर्वकमलरी उर्मिला चौधरी, कलाकारमा गीता चौधरी र राज कुश्मी रहेका छन्।

यसअघि थारू आयोगले पुरस्कारका निम्ति कार्यविधि बनाएर नामावली छनौट गरेको थियो।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?