+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमालेले चाहे ७ दिनमा सरकार ढल्छ : बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १९:५२

६ असार, काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले आफूहरुले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने दाबी गरेका छन् ।

बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले सरकारको आयु प्रत्येक दिनका लागि भएको बताए ।

माओवादी केन्द्रसहितका चार दलले बनाएको समाजवादी मोर्चाबारे सोधिएको प्रश्नमा उनले भने, ‘यदि नेकपा एमालेले प्रयत्न गर्ने हो भने एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौं । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो ।’

यद्यपि आफूहरु सरकार ढाल्न नलाग्ने, बरु गठबन्धनभित्रकै असमझदारी र अविश्वासले ढल्ने उनले बताए । सत्तारुढ गठबन्धनमा भएकाहरुलाई आफूहरुको पद जतिखेर पनि धरापमा पर्छ भन्ने त्रास रहेको भन्दै एमाले सचेतक बर्तौलाले अघि भने, ‘यदि यसो हुँदैन थियो भने स्वयं यो सरकारको प्रधानमन्त्रीले सरकारभित्र बसेर अर्को मोर्चाबन्दी र अर्को गुट निर्माण गर्नुपर्ने कुनै जरुरी थियो ?’

यस्तो मोर्चाबन्दीले संसद र सरकारको काम कारबाहीलाई बलियो बनाउन नबनाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?