+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

एमालेले महाधिवेशनमा विदेशी पाहुना नबोलाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १३:१८
फाइल तस्वीर

२५ मंसिर, काठमाडौं । नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरूलाई नबोलाउने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

एमाले नेता महेश बर्तौलाकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छैन । बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरूलाई शुभकामनापत्र पठाउन भनिएको छ ।

एमालेको ११ औं महाधिवेशन २७ देखि २९ मंसिरसम्म काठमाडौंमा सुरु हुँदैछ । जसमा एमालेले नेपालकै विभिन्न १६ राजनीतिक दलहरूलाई आमन्त्रण गरेको छ ।

महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको उनले जानकारी दिए । बर्तौलाका अनुसार लाखौँको संख्यामा नेता/कार्यकर्ताहरु महाधिवेशनका लागि काठमाडौं आउनेक्रम जारी रहेको बताए ।

महाधिवेशनमा १ सय ८ जना मनोनितसहित २ हजार २ सय ६८ कुल प्रतिनिधि रहने उनले बताए ।

बिहीबार बसेको बैठकले बाँकी रहेका कामहरू तत्काल समापन गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?