+
+

हवाईजहाजमा नेवार भाषाबाट पनि सूचना प्रवाह गराउने महानगरको योजना

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते २०:१२

६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाजमा नेवार भाषाबाट समेत सूचना प्रवाह गर्न पहल गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने हवाईजहाजहरुमा यात्रुको सुविधाका लागि दिइने सूचना स्थानीय नेपाल भाषामा समेत प्रवाह गर्ने प्रबन्ध गर्न महानगरले पहल गर्नेछ ।

अहिले आन्तरिक उडानमा नेपाली र अंग्रेजी भाषामा यस्तो सन्देश दिने गरिन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजमा भने सम्बन्धित मुलुकको राष्ट्रिय भाषा र अंग्रेजी भाषा प्रयोग गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?