+
+
विश्वकप क्रिकेट छनोट :

गुल्सन झाले लिए वेष्ट इण्डिजको दोस्रो विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १३:०९

७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा गुल्सन झाले वेष्ट इण्डिजको दोस्रो विकेट लिएका छन् ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा गुल्सनले खातै खोल्न नसकेका जोन्सन चार्ल्सलाई विकेट किपरले आसिफ शेखको हातबाट क्याच गराएका हुन् ।

यसअघि करण केसीले केल मयर्सको विकेट लिएका थिए ।

वेष्ट इण्डिजले ४.१ ओभरमा २ विकेट गुमाएर ९ रन मात्र बनाएको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?