 
																						राजेन्द्र पाण्डे ।								
											७ असार, काठमाडौं । एकीकृत समाजवादी पार्टीका सांसदहरुले यथास्थितिमा बजेट पास हुन नसक्ने बताएका छन् ।
बिहीबार बसेको संसदीय दलको बैठकमा सांसदहरुले अहिले जस्तो छ, त्यस्तै अवस्थामा बजेट पास हुन नसक्ने बताए ।
संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले भने, ‘यो बजेटमा भएको असन्तुलनबारे कुरा उठाउनु भएको छ र यथास्थितिमा पास हुन्न भन्नु भएको छ ।’
यसबारे प्रधानमन्त्री र अर्थमन्त्रीका साथै सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गर्न अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।
बजेट संशोधन गर्नै सकिन्न भन्नु गलत भएको भन्दै एकीकृत समाजवादीका दलका उपनेता पाण्डे भन्छन्, ‘१३८ जनाभन्दा धेरैले यो–यो सुधार गरेर भोट हाल्छौं भनिसकेपछि सरकार ढल्छ भन्ने भएन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4