+
+

पूर्व पर्यटनमन्त्री भट्टराई भन्छन् : वायुसेवा निगममा कर्मचारी थप्नु आमाको रगत खानु जस्तै हो

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १४:३४

८ असार, काठमाडौं । पूर्व पर्यटनमन्त्री तथा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन् ।

आर्थिक भारले थला पर्न लागेको निमगमा अहिलेका सरकार र मन्त्रीले कर्मचारी भर्ना गरिरहेको आरोप लगाउँदै उनले निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेका हुन् ।

निजी क्षेत्रका विमान कम्पनीले १६ वटा जहाज उडाउँदा ११ सय कर्मचारीले भ्याउने गरेको तर निगमका ४ वटा जहाज उडाउन ३ हजार बढी कर्मचारी रहेको बताए ।

‘एमालेले सरकार चलाएको बेलामा एक जना पनि कर्मचारी थप भएको थिएन,’ पूर्व पर्यटनमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘त्यसपछि सयौं कर्मचारी वायुसेवा निगममा भर्ती गरिँदै छ किन ? त्यसलाई सोमलियाकी आमा जस्तो बनाउने हो ? जुन आमाको दुध आउँदैन । आमाको दुध चुसिराख्ने ? त्यो आमाको रगत चुसे जस्तै हो । नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमाको रगत खानु जस्तै हो । आज त्यस्तै भइरहेको छ ।’

ग्राउण्ड ह्याण्डलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने उनले बताए ।

वायुसेवा निगमका कर्मचारीले तलव खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डलिङ भएको भन्दै हवाइ उडानबाट निगमलाई नाफा नभएको बताए ।

एमालेको पालामा सर्वसाधारणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निष्कर्षमा पुगे पनि निजीकरण ग¥यो भनेर काम गर्न नदिइएको आरोप उनले लगाए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अरु हुन नसक्ने उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८५ लाख यात्रुहरुलाई सेवा दिइरहेको भन्दै विमानस्थलको क्षमता अधितम ९० लाख रहेको भट्टराईले बताए ।

भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर गल्ती भएको भन्दै उनले विमास्थल चलाउन सरकारले पनि पहल गर्नु आवश्यक रहेको बताए । पोखरा, भैरहवामा बनेका अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय विमानस्थल बनाउन आवश्यक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?