+
+

नेपाल-अमेरिका फिल्म फेस्टिभल सुरु, राजेश हमाल भन्छन्- नेपाली कलालाई डायस्पोराले साथ दिनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १६:३५

काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण सुरु भएको छ । अमेरिकाको मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा फिल्म ‘ऐना झ्यालको पुतली’ स्क्रिनिङसँगै महोत्सव सुरु भएको हो । ओपनिङ समारोहमा अभिनेता राजेश हमाल विशेष अतिथिको रुपमा उपस्थित थिए ।

समारोहमा बोल्दै अभिनेता हमालले महोत्सवमा उपस्थित भएर नेपाली डायस्पोरासँग भेट्न पाउँदा हर्षित भएको बताए । महोत्सवले नेपाली समुदायलाई जोड्नुका साथै फिल्मकर्ममा ठूलो महत्व राख्ने बताए ।

‘फिल्म फेस्टिभल नेपाली समुदायलाई जोड्ने माध्यम हो । नेपाली डायस्पोरालाई अनुरोध गर्छु, यसलाई सहयोग गर्नुस् । यसलाई हातेमालो गर्नुस् । किनभने फिल्मले तपाईंको भावना र मस्तिष्कमा कहींकतै सम्बोधन गर्छ । तपाईंको दैनिकी वा जीवनलाई कुनै न कुनै हिसाबबाट सम्बोधन गर्छ, उत्प्रेरणा दिन्छ । त्यसैले यस्तो कलालाई नेपाली डायस्पोराले साथ र सहयोग गर्नुपर्छ,’ उनले भने ।

जुन २२ देखि २५ सम्म चल्ने महोत्सवमा फिचर, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन गरी ११ देशका ३७ चलचित्र प्रदर्शन हुँदैछन् । महोत्सवमा छानिएका फिल्म ओल्ड ग्रिनवेल्ट थिएटरमा पनि प्रदर्शन हुने जनाइएको छ ।

महोत्सवमा निर्देशक सुवर्ण थापाको उपस्थितिमा ‘राधा’को पनि प्रदर्शन हुने जनाइएको छ । प्रदर्शन हुनेमध्ये उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्ने जनाइएको छ । महोत्सवको क्रममा फिल्म संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल हुनेछ । अमेरिकी निर्देशक न्यान्सी स्भेन्डेन निर्देशित ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?