+
+

चुनावमा अन्तर्घात गरेको भन्दै जसपाका ५ केन्द्रीय सदस्य निष्कासित

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते १८:१८
जसपाको केन्द्रीय समिति बैठकमा शीर्ष नेताहरु ।

९ असार, काठमाडौं । जनता समाजवादी पार्टीले चुनावमा अन्तर्घात गरेको भन्दै ५ जना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ ।

शनिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गरेको हो ।

उनीहरुलाई छानबिन समितिको प्रतिवेदनको सिफारिस अनुसार केन्द्रीय सदस्यबाट निष्कासन गरेर नसिहत दिइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार कारबाहीको निर्णय चित्त नबुझे उनीहरुले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्ने छन् ।

जसपाको केन्द्रीय समिति बैठकले पार्टीको विधान मस्यौदालाई अनुमोदन गरेको छ । उक्त अनुमोदित विधानको मस्यौदा आइतबार काठमाडौंमा सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने छ ।

जसपाको बैठकले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चालाई अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?