+
+

टार्गेट पूरा नगरेको भन्दै कर्मचारीलाई खुवाइयो काँचो तिते करेला

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते ११:०६

काठमाडौं । एउटा कम्पनीले लक्ष्य पूरा नगरेको भन्दै आफ्ना कर्मचारीलाई यस्तो सजायँ दिएको छ कि सो कम्पनीको सर्वत्र आलोचना भैरहेको छ । सोसल मिडियामा मानिसहरुले सो कम्पनी र त्यसका हाकिमलाई गाली गरिरहेका छन् ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार चीनको Suzhou Danao Fangchengshi Information Consulting ले टार्गेट पूरा गर्न नसकेको भन्दै आफ्ना दर्जनौँ कर्मचारीलाई काँचो तितेकरेला खान बाध्य पारेको हो ।

शिक्षा तथा तालिम सम्बन्धी काम गर्ने यो कम्पनीले दिएको उक्त सजायँको भिडियो सोसल मिडियामा एकजना कर्मचारीले नै सार्वजनिक गरेपछि घटनाको खुलासा भएको थियो ।

यस्तो आलोच्य कदमको कम्पनीले भने बचाउ गर्दै यो दण्ड पुरस्कार प्रणालीको एक हिस्सा रहेको दाबी गरेको छ । साथै उसले कर्मचारीहरु यस्तो सजायँका लागि सहमत रहेको पनि जिकिर गरेको छ ।

कम्पनीका प्रवक्ताले भनेका छन्– कोही पनि मानिस काँचो तितेकरेला खान चाहँदैन । त्यसैले अहिले सजायँ स्वरुप काँचो करेला खानुपरेका कर्मचारीहरुले आगामी दिनमा कडा मिहिनेत गर्नेछन् र दिइएको टार्गेट पूरा गर्नेछन् ।

कम्पनीको यस्तो दाबीलाई एकजना कर्मचारीले पनि पुष्टि गरेका छन्, तर आफूले काँचो करेला खान नचाहँदा नचाहँदै पनि कम्पनीको नियममा स्वीकृति जनाउनुपरेको उनको भनाइ छ ।

स्मरण रहोस् चीनमा कर्पोरेट सेक्टरमा कर्मचारीहरुलाई यस्ता खालका अनौठा सजायँ दिने प्रचलन व्यापक छ । यसअघि चीनमै एक कम्पनीमा टार्गेट पूरा गर्न नसक्ने कर्मचारीहरुले एक अर्कालाई थप्पड हानेको समाचार आएको थियो ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?