+
+

अख्तियारको टोली आउने भएपछि खाली गराइयो पशुपतिनाथ मन्दिर

आर्यन धिमाल आर्यन धिमाल
२०८० असार १० गते १५:१४

१० असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरीको अनुगमनमा आउने भएपछि पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ ।

जलहरी राख्दा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर जान लागेको हो । अख्तियारको टोली साढे ३ बजे मन्दिरमा आउने स्रोतको भनाइ छ ।

अख्तियारको टोलीले जलहरीको तौल लिनेछ । पशुपति मन्दिर क्षेत्रमा नेपाली सेना पनि खटिएको छ ।

सुनको जलहरी राख्दा निर्धारित तौल भन्दा कम तौलको राखेर भ्रष्टाचार गरेको आरोप छ ।

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो । उक्त सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ गा्रम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम भएको थियो ।

जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको दाबी गरिएको थियो ।

तर महालेखा परीक्षकको कार्यालयले जलहरी बनाएर बाँकी रहेको सुनको सबै परिणाम रिङ बनाउन प्रयोग गरेको पुष्टि नभएको बताएको छ । जसमा ७ करोड ८६ लाख ४६ हजार रुपैैयाँ हिनामिना भएको महालेखाको आशंका छ ।

हेर्नुहोस् तस्वीरहरु 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?