+
+

अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पुरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइदै

रासस रासस
२०८० असार ११ गते १६:०४

११ असार, काठमाडौं । अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’मा रहेका नेपाली पुरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ ।

नेपाली कलाकारले २०औं शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए ।

नेशनल ग्यालरीले नै कलाकृति नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो । यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति सांग्रिला इन्टरनेशनल फ्रेट प्रालिले नेपाल ल्याउन लागेको हो ।

कुल २२ सेन्टिमिटर उचाइ ४३.५ सेन्टिमिटर चौडाइ र ११ सेन्टिमिटर गहिराइको सानो आयताकार प्यानल एउटा र तीन वटा विभिन्न साइजका ‘आर्क’ शैलीका प्यानल छन् ।

पुरातात्विक महत्वका कलाकृतिकाे जम्मा तौल २६ केजी रहेको सांग्रिला कार्गोका कार्यकारी निर्देशक सौगात सिंहले जानकारी दिए । नेपाल ल्याएपछि ती पुरातात्विक महत्वका कलाकृतिहरु पुरातत्व विभागमा राखिनेछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?