+
+

लगातार दोस्रो दिन पनि बढ्यो सेयर बजार, लघुवित्त र फाइनान्समा लगानीकर्ताको आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १६:३८

११ असार, काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजार बढेको छ । सोमबार ११.६९ अंकले बढेको सेयर बजार २१२९.४२ विन्दुमा पुगेर बन्द भयो । यो ०.५५ प्रतिशतको वृद्धि हो ।

सोमबार लघुवित्त र फाइनान्स उपसूचकमा लगानीकर्ता झुम्मिए । जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, अन्य र ट्रेडिङबाहेकका सबै उपसूचक हरियो देखिए । जसमध्ये लघुवित्त ३.९९ प्रतिशत र वित्त ३.११ प्रतिशतले बढेको छ ।

सोमबार कुल २७५ धितोपत्रको ५५ हजार ५३१ कारोबारबाट ९१ लाख १९ हजार ४७ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम आइतबारको तुलनामा भने कम भएको छ । आइतबार ६ अर्ब नाघेको कारोबार रकम सोमबार भने ४ अर्ब ८ करोड ६४ लाख ३३ हजार २४९ रुपैयाँ भएको छ ।

सोमबार हिमालयन लाइफ इन्स्यारेन्स, बीपीडब्यू लघुवित्त, सिटी होटल, सिभिल लघुवित्त, माउन्टेन इनर्जीसहितका धितोपत्रको कारोबार सकारात्मक सर्किट लेवलमा भएको छ । सुपर मादी हाइड्रो, विन नेपाल लघुवित्त, मलुङ हाइड्रो, कालिञ्चोक दर्शनसहितका धितोपत्रका लगानीकर्ताले भने गुमाए । शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन डिष्ट्रलरीसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?