+
+

लघुवित्तको सेयरमा लगानीकर्ताको उच्च आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १४:४८

१२ असार, काठमडाौं । लघुवित्त सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । मंगलबार नेप्सेमा लघुवित्त कम्पनीका सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिंदा लघुवित्त उपसूचक पनि उच्च वृद्धि भएको छ ।

कारोबार बन्द हुने आधाघण्टा अगाडि २ः३० सम्म नेप्सेमा लघुवित्त उपसूचक ८.६८ प्रतिशतले वृद्धि हुँदा २० वटा लघुवित्त कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट मूल्यमा पुगेका छन् । नेप्सेमा ५८ वटा लघुवित्त कम्पनीका सेयरमूल्य कारोबार भएकोमा ५८ वटैको सेयरमूल्य बढेको छ ।

लघुवित्त उपसूचकमा उच्च वृद्धि हुँदा नेप्से पनि ४६.६६ अंकले बढेर २१७६.०८ को विन्दुमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?