+
+

कर्णालीमा बुधबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १८:२३

१२ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि बुधबारदेखि मन्त्रालयगत छलफल हुने भएको छ । मंगलबारको प्रदेश सभा बैठकमा मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलका लागि कार्यसूची सार्वजनिक गरिएको छ ।

सभामुख नन्दा गुरुङले पेश गरेको कार्यसूची अनुसार असार १३ र १४ गते भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल गरिने छ ।

असार १५ र १६ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयको छलफल हुने बताइएको छ । असार १७ र १८ गते आर्थिक मामिला तथा योजना मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको छलफल हुनेछ ।

यस्तै, असार १९ र २० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश योजना आयोग, लोकसेवा आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालयका लागि विनियोजित बजेटबारे छलफल गरिने कार्यशुचिमा उल्लेख छ । बजेटमाथिको छलफलपछि मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?