+
+

सात ठाउँमा औद्योगिक ग्राम स्थापना गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १९:२५
फाइल तस्वीर

१२ असार, काठमाडौं । सरकारले ७ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न सहमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देशका कालिकोटका केही नगरपालिका र गाउँपालिका गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम बनाउने निर्णय भएको बताइन ।

उनले भनिन्, ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा देशका विभिन्न ठाउँका सात वटा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय भएको छ । प्रस्तावहरु आएका क्षेत्रहरु कालिकोटका केही नगरपालिका र गाउँपालिकाहरु छन् ।’

हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारी नीति अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?