+
+

एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते ११:४३

१३ असार, काठमाडौं । एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भएको बजेटको पक्षमा मत दिने निर्णय गरेको छ ।

बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

‘संसदीय दलको बैठकले बजेटको पक्षमा भोट हाल्ने निर्णय गरेको छ,’ उनले भने, ‘हामीले बजेट निर्माणको प्रक्रिया र असन्तुलनको बारेमा आफ्नो कुरा राखेर बजेटको पक्षमा मतदान गर्छौँ ।’

प्रतिनिधि सभाको बैठक अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । गत १५ जेठमा प्रस्तुत भएको बजेट आज पारित गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?