+
+
WC Series
पोखरा एभेन्जर्स 2025
71/4 (10.4)
VS
५६ बलमा ९५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

भ्याट खारेजीको माग गर्दै जनकपुरमा आलु प्याज व्यवसायीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १८:५४

२३ असार, जनकपुरधाम । आलु प्याज व्यवसायीले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

जनकपुरको पेठिया बजारबाट दर्जनौंको संख्यामा निस्केका आलुप्याज व्यवसायीले जनकपुरको विभिन्न भागमा प्रदर्शन गरेका हुन् ।

आलु प्याजमा सरकारले लगाएको १३ प्रतिशत भ्याट खारेज गर, खुल्ला नाका बन्द गर लेखिएको ब्यानर र प्ले कार्डसहित प्रदर्शन गर्दै जनकचोकमा पुगेर उनीहरुले कोणसभा गरेका छन् ।

कोणसभामा जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले आलुप्याजमा भ्याट लगाउँदा व्यवसायी र नागरिक ठूलो मारमा परेको बताए ।

‘बैकल्पिक रुपमा अर्थतन्त्र मजवुत बनाउनेतिर नलागेर सरकार जनताको उपभोग्य हरेक समान्य खाद्य वस्तुमा कर लगाइरेको छ,  सीमामा तस्करी रोक्न सरकारको ध्यान गएको छैन,’ उनले भने ।

भ्याट थपेको कारण व्यवसायीको लगानी डुब्ने स्थिति आउँदा बाध्य भएर आन्दोलनमा उत्रेको आलु प्याज व्यवसायी संघ जनकपुरधामका अध्यक्ष अलाउदिन राइनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?