+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
38/0 (4.4)
VS
चितवन राइनोज 2025
0/0
Shares

२४ वर्षको जागिरमा २० वर्ष बिदामै बसिन् यी शिक्षिका, यसरी खुल्यो पोल

एजेन्सी एजेन्सी
२०८० असार १४ गते १३:१३

कार्यालयहरुमा सबैभन्दा राम्रो कार्यसम्पादन गर्ने कर्मचारी महिनाको उत्कृृष्ट कर्मचारी वा वर्षको उत्कृष्ट कर्मचारीजस्ता अवार्ड दिएर सम्मान गर्ने चलन हुन्छ । तर, एकजना महिला कर्मचारीले भने सबैभन्दा खराब कर्मचारीको उपाधि पाएकी छिन् ।

उनले आफ्नो काममा यतिधेरै ठगी तथा धोकेबाजी प्रदर्शन गरिन् कि उनीमाथि कम्पनीले कारबाही नै गर्नुपर्‍यो ।

यो घटना युरोपेली मुलुक इटालीको हो । आरोपित महिला पेसाले शिक्षिका हुन् र उनले करिब २४ वर्ष जागिर गरिन् । तर आफ्नो २४ वर्षे जागिरका क्रममा उनले २० वर्षसम्म त बिदामै बसेको पाइएको छ ।

बिदा बस्नका लागि उनले कहिले बिरामीको बहाना बनाइन् त कहिले अरु विभिन्न नाटक गर्दथिन् । तर अन्ततः उनको त्यो कर्तूतको पोल खुलेको छ । उनलाई जागिरबाट बर्खास्त गरिएको छ । ती महिलालाई इटालीकै सबैभन्दा खराब कर्मचारीको उपमा दिइएको छ ।

डेलीमेलमा प्रकाशित समाचार अनुसार इटालीको भेनिस सहर नजिकैको एक स्कुलमा ५६ वर्षकी सिनजियो पाओलिना डी लियो पछिल्लो २४ वर्षदेखि शिक्षिकाको रुपमा कार्यरत थिइन् । तर, उनले आफ्नो २४ वर्षे करिअरमा केवल ४ वर्षमात्रै विद्यार्थीलाई पढाइन् । बाँकी २० वर्षसम्म उनी विदामा घरमै बसिन् । यसका लागि उनले अनेक खालका बहाना बनाइन् ।

२४ वर्षको जागिर अवधिमा केवल ४ वर्षमात्रै स्कुलमा हाजिर भएपनि उनले तलब भने पूरै लिएकी छिन् ।

उनलाई साहित्य तथा दर्शन विषय पढाउनका लागि विद्यालयमा नियुक्त गरिएको थियो । तर उनले पढाउनुको साटो कहिले बिरामीको निहुँ पारेर त कहिले विभिन्न सम्मेलनमा भाग लिनका लागि अन्यत्र जानका लागि भन्दै लामो समयसम्म विदा मागेर स्कुलबाट गायब हुन्थिन् । बीचमा आक्कलझुक्कल स्कुल आउँदा पनि उनले राम्रोसँग पढाउन्नथिन् ।

उनले मनोमानी तरिकाले अंक दिने र कक्षामा पनि सधै मोबाइल चलाएर बस्ने गरेको विद्यार्थीहरु स्वयंले उजुरी गरेका थिए स्कुल प्रशासन समक्ष । कहिलेकाहीँ त बिरामी भएर घरमा आराम गरिरहेको भनेर विदा मागेको बेला केही पटक त उनलाई समुद्री किनारामा घुमिरहेको पनि देखिएको थियो ।

अन्ततः ती ठग शिक्षिकालाई गत जून २२ मा जागिरबाट बर्खास्त् गरिएको छ । उनले त्यसविरुद्ध अदालतमा मुद्दा हालिन् तर अदालतले ती महिला शिक्षिकाको नोकरीका लागि नितान्त अनुपयुक्त रहेको भन्दै उनलाई जागिरबाट हटाउने निर्णयलाई सदर गरिदिएको छ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?